• २०८३ साउन १९ गते मङ्गलबार
  • 2026 Aug 04 Tuesday
राजनीति

रविलाई दुई पटक गृहमन्त्री बनाएको हुँ, बालेनसँग मिल्दा डराएको छैन : प्रचण्ड

२०८२ पुस २२ गते मङ्गलबार ०७:३२
न्यूजगंज न्यूजगंज
रविलाई दुई पटक गृहमन्त्री बनाएको हुँ, बालेनसँग मिल्दा डराएको छैन : प्रचण्ड

२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मिल्दा आफ्नो पार्टीलाई कुनै डर नभएको बताएका छन् ।

पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रविलाई धेरै अफ्ठ्यारो स्थितिमा पनि साथ दिएको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘बालेन रवीको गठबन्धनबाट विल्कुल डराएका छैनौँ । रविलाई धेरै अफ्ठ्यारो स्थितिबाट मैले उहाँलाई साथ दिँदै आएको हो । मेरो क्याबिनेटमा दुई पटक गृहमन्त्री पनि बनाएको हो, उनले भने, ‘त्यसकारण उहाँहरू गठबन्धन भएर म किन डराउने ? उहाँहरूसँग कुरा गर्न मलाई केही आइतबार पर्खिनुपर्ने पनि छैन । डर पनि छैन ।’

प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेको निर्णय नभइसकेको बताए । उनले राष्ट्रिय सभामा तालमेल हुनु अनौठो नभएको र मतभारअनुसार अधिकार भएको पनि बताए ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ