काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
२२ पुस, काठमाडौं । कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरुले राम्रो प्रतिफल...
२३ पुस, काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी नियमन अनियमितता भेटिएको भन्दै जाँचबुझ आयोग गठनको तयारी गरेको छ । भूमी व्यवस्थामन्त्री कुमार इङ्नामले सहकारीहरूमाथि...
२४ माघ, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर वामदेव गौतमले ‘माननीय पद कहिले जाला जस्तो भएको’ बताएका छन् । गौतम राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य हुन् । २०७४ मा बर्दियाबाट...