• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday
न्यूज

बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ

२०८२ चैत १२ गते बिहिबार ०४:१७
न्यूजगंज न्यूजगंज
बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ

वीरगंज १२ चैत । नवनिर्वाचित सांसदहरूले आआफ्नो संस्कृति झल्किने पोशाक लगाएर सिंहदरबारमा शपथ लिन पुगेका थिए ।

शपथ लिन पुगेका अधिकांश पुरुष सांसदहरू दौरा सुरुवालमा सजिएका देखिन्थे भने केही आफ्नै जातीय सामुदायिक पहिचान झल्किने पोशाक लगाएर पुगेका थिए। तर, त्यसैमध्येका एक रास्वपा सांसद रहबर अन्सारी फरक पहिरनमा संसदमा प्रवेश गरेका थिए । उ

नी स्कुल ड्रेस (विद्यालय पोशाक) लगाएर स्कूले झोला बोकेर पुगेका थिए । आकाशे रङको सर्ट र निलो पाइन्टमा बुबासँगै सिंहदरबार पुगेका अन्सारीलाई विद्यालय पोशाक लगाएकोबारे सञ्चारकर्मीले प्रश्न सोधिहाले ।

जवाफमा अन्सारीले भने, ‘३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लैजानुभएको थियो । आज मेरो ७४ वर्षको बुवाले मलाई सङ्घीय संसद् भवनमा ल्याउनुभएको छ ।’

अन्सारीले सम्पूर्ण अभिभावकका लागि आफूले सम्मान गर्ने मौका पाएको भन्दै सफलता र समृद्धि विद्यालयबाट सुरु हुने बताए ।

‘आज यो खुसीको माहोलमा सबैभन्दा ठुलो अंशियार बुवा र शिक्षकहरू हुन् भन्ने सन्देश दिन चाहन्छु । मैले बोकेको झोला विद्यार्थीकै झोला हो । ज्ञानको झोला हो’, अन्सारीले भने । रहबर बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ