• २०८३ साउन १९ गते मङ्गलबार
  • 2026 Aug 04 Tuesday
अपराध

सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद

२०८२ पुस २३ गते बुधबार ०९:०३
न्यूजगंज न्यूजगंज
सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद

सिरहा ।जेनजीआन्दोलनको फाइदा उठाउँदै देशका विभिन्न कारागार र बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीहरूलाई पक्राउ गर्न सिरहा प्रहरीले ठूलो सफलता हात पारेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पछिल्लो समय ११ जना फरार अपराधीहरूलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।

गएको भदौ २४ गतेको आन्दोलनको क्रममा काठमाडौँको नख्खु, जगन्नाथदेवल, जलेश्वर, सप्तरी र सिन्धुली कारागार तथा वीरगन्ज बाल सुधार गृहबाट कैदीहरू फरार भएका थिए।

प्रहरी उपरीक्षकको नेतृत्वमा खटिएको विशेष टोलीले विभिन्न मुद्दामा सजाय काटिरहेका उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेमा जबरजस्ती करणी, मानव बेचबिखन, कर्तव्य ज्यान र लागुऔषध जस्ता गम्भीर मुद्दाका अभियुक्तहरू रहेका छन्।

प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख २१ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ। प्रहरी चौकी औरही र इलाका प्रहरी कार्यालय विष्णुपुरको टोलीले गस्तीका क्रममा उक्त सामान फेला पारेको हो।

बरामद सामानमा साडी, कुर्ता सुरुवाल, ज्याकेट, खाने तेल र एक थान मोटरसाइकल (स ५ प ५१५८) रहेका छन्। ती सामानहरूलाई आवश्यक कारबाहीका लागि मदार भन्सार कार्यालय बुझाइएको छ।

यसैबीच, धनगढीमाई नगरपालिका–१३ स्थित चिचवा खोला नजिकै प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारेको हो।

बरामद बन्दुकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ।

सिरहा प्रहरीले आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र फरार अपराधीहरूको खोजी कार्यलाई अझ तीव्र पारिएको जनाएको छ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ