• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday
न्यूज

बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै

२०८२ चैत १३ गते शुक्रबार ०७:५८
न्यूजगंज न्यूजगंज
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै

वीरगंज, १३ चैत । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

​शपथ ग्रहणअघि नेता शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम बहुमत प्राप्त एकल सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी गराइने राष्ट्रपति कार्यालयले जनाएको छ।

​अपराह्न आयोजना हुने उक्त समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज र उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराउने तयारी गरिएको बुझिएको छ।

​गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको थियो। सोही दलले बिहीबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो।

​निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी हुनुभएका शाहसहित नवनिर्वाचित सांसदहरूलाई बिहीबार नै ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ