• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday
न्यूज

सहकारी नियमनबारे जाँचबुझ आयोग गठनको तयारी

२०८२ पुस २२ गते मङ्गलबार ०७:४५
न्यूजगंज न्यूजगंज
सहकारी नियमनबारे जाँचबुझ आयोग गठनको तयारी

२३ पुस, काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी नियमन अनियमितता भेटिएको भन्दै जाँचबुझ आयोग गठनको तयारी गरेको छ ।

भूमी व्यवस्थामन्त्री कुमार इङ्नामले सहकारीहरूमाथि हुनुपर्ने नियमन नभएकाले अहिलेको समस्या र बेथिती देखिएको भन्दै त्यसमाथि जाँचबुझ गर्न खोजिएको बताए ।

सहकारीभित्र देखिएका समस्यावारे जाँचबुझ गर्न त यसअघि कैयौं समिति र आयोग बनिसकेको भन्दै मन्त्री इङ्नामले यसपाली नियामकहरुमाथि नै जाँचबुझ गर्न खोजिएको बताए ।

‘हामीले अहिले सहकारी नियमनको भूमिका पाएकाहरूमाथि पनि छानबिन हुनेगरी कार्यादेश दिन खोजेको हो’ मन्त्री इङ्नामले भने, ‘सहकारी विभागमा भएका कर्मचारीहरुकै कारण नियमन हुन नपाएको र बदमासी भएका कैयौ सूचना आएका छन् । त्यसमाथि छानबिन गर्ने उद्देश्य हो ।’

उनका अनुसार, २०४८ सालदेखि सहकारी विभागको नेतृत्व र नीतिगत तहमा बस्नेदेखि अरु कर्मचारीको भूमिका र शंकास्पद भूमिकामाथि छानबिन गर्न खोजिएको हो ।

सुरुमा तीन सदस्यीय आयोग बनाउन खोजिएकोमा कम समयमा बढी काम गर्नुपर्ने भएकाले पाँच सदस्यीय आयोग गठनको तयारी भएको उनले बताए । उनले अब काम पनि २ महिनामै सकिने बताए ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ