• २०८३ साउन १९ गते मङ्गलबार
  • 2026 Aug 04 Tuesday
न्यूज

वीरगंजमा कर्फ्यू हटाइयो

२०८२ पुस २२ गते मङ्गलबार ०७:४०
न्यूजगंज न्यूजगंज
वीरगंजमा कर्फ्यू हटाइयो

२२ पुस, जनकपुरधाम । दुई धार्मिक समुदायको तनाव पछि वीरगंजमा हिजो साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ ।

मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात वीरगंजको कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो ।

‘सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्वाध रुपमा गर्न दिई जीवनयापन सहज गर्नु पर्ने समेतका कारण मिति २०८२।०९।२२ गते अपरान्ह ३:३० बजे देखि लागू हुने गरी उक्त कर्फ्यू आदेश हटाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको सूचनामा उल्लेख छ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ