• २०८३ साउन १९ गते मङ्गलबार
  • 2026 Aug 04 Tuesday
राजनीति

धनुषाका तीन क्षेत्रबाट महासेठ दम्पतिसहित तीनजनाको नाम एकल सिफारिस

२०८२ पुस २२ गते मङ्गलबार ०७:५७
न्यूजगंज न्यूजगंज
धनुषाका तीन क्षेत्रबाट महासेठ दम्पतिसहित तीनजनाको नाम एकल सिफारिस

२१ पुस, जनकपुरधाम । नेकपा एमालेले धनुषाका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट विगतकै उम्मेदवारहरूको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर १ बाहेक तीनवटा क्षेत्रका उम्मेदवार एकल सिफारिस भएको एमालेका धनुषा जिल्ला अध्यक्ष भोला यादवले जानकारी दिए ।

उनका अनुसार क्षेत्रीय कमिटीहरूले क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य उमाशंकर अरगरिया, क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य जुली महतो र क्षेत्र नम्बर ४ बाट उपमहासचिव रघुवीर महासेठको नाम एकल सिफारिस गरेको हो ।

क्षेत्र नम्बर १ मा विवादको कारण उम्मेदवार सिफारिस हुन सकेको छैन । सिफारिस भएका उम्मेदवारहरू २०७९ मा सोही क्षेत्रबाट चुनाव लडेका थिए ।

क्षेत्र नम्बर २ मा जसपा नेपाल छाडेर अरगरियाले एमालेबाट चुनाव लडेका थिए । यद्यपि, उनी नेपाली कांग्रेसका नेता रामकृष्ण यादवसँग पराजित भएका थिए ।

यस्तै धनुषा क्षेत्र नम्बर ३ बाटबाट महतो र क्षेत्र नम्बर ४ बाट महासेठ निर्वाचित भएका थिए । महासेठ र महतो श्रीमान्–श्रीमती हुन् ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ