• २०८३ बैशाख १५ गते मङ्गलबार
  • 2026 Apr 28 Tuesday
न्यूज

भेनेजुएलामाथि भएको व्यवहार न्यायिक दृष्टिले कदापि स्वीकार्य छैन : एमाले

२०८२ पुस २२ गते मङ्गलबार ०८:४३
न्यूजगंज न्यूजगंज
भेनेजुएलामाथि भएको व्यवहार न्यायिक दृष्टिले कदापि स्वीकार्य छैन : एमाले

काठमाडौं ।

नेकपा एमालेले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमला र राष्ट्रपति निकोलस मडूरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत हस्तक्षेप भनेको छ । केन्द्रीय सचिवालयको बैठकले भेनेजुएलामाथिको हमलाको निन्दा गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

एमालेले निर्णयमा भएको छ(साना वा ठूला राष्ट्रको सुरक्षा तथा सार्वभौमसत्ता बराबरी हुन्छ र विश्व राष्ट्रसंघको बडापत्रका आधारमा चल्नुपर्छ । भेनेजुएलामाथि भएको व्यवहार न्यायिक दृष्टिले कदापि स्वीकार्य हुन सक्दैन । त्यसैले हामी अन्तर्राष्ट्रिय शक्तिहरुलाई विश्व व्यवस्थातर्फ फर्किन आह्वान गर्दछौं ।

एमालेले सबै राष्ट्रको सार्वभौमिकता,स्वतन्त्रता र अखण्डताको सम्मान गर्न समेत आग्रह गरेको छ ।

यो पनि पढौँ