• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday
अपराध

१८ घण्टापछि हत्या गरिएका चौकीदारको टाउको फेला, घटनामा संलग्न आशंकामा एकजना पक्राउ

२०८२ पुस २२ गते मङ्गलबार ०८:५२
न्यूजगंज न्यूजगंज
१८ घण्टापछि हत्या गरिएका चौकीदारको टाउको फेला, घटनामा संलग्न आशंकामा एकजना पक्राउ

सर्लाही ।

सर्लाहीको सागरनाथ वन विकास परियोजनामा हत्या गरिएका चौकीदारको टाउको घटनापछि करिब १८ घण्टापछि फेला परेको छ ।

सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ।

सर्लाही प्रहरीका अनुसार हत्या गरिएका चौकीदार रामेश्वर महतोको टाउको घटनास्थल नजिकैको झाडीमा फालिएको अवस्थामा आज दिउँसो फेला परेको हो।

प्रहरी प्रवक्ता डिएसपी सरोज राईले घटनास्थलदेखि करिब १०० मिटर उतरतर्फ रहेको झाडीभित्र टाउको भेटिएको जानकारी दिए।

घटनाको गम्भीरता मध्यनजर गर्दै विशेष प्रहरी टोली र तालिमप्राप्त खोजी कुकुर परिचालन गरिएको थियो।

सोही क्रममा खोजतलास गर्दै जाँदा टाउको फेला परेको डिएसपी राईले बताए। उनका अनुसार चौकीदार महतोको शव भने हिजो साँझ नै फेला परिसकेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको भए पनि अनुसन्धान जारी रहेकाले थप विवरण हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–२ अन्तर्गत सागरनाथ वन विकास परियोजनामा कार्यरत चौकीदार महतोको शव हिजो साँझ फेला परेपछि घटनाले जिल्लामा सनसनी मच्चाएको थियो।

प्रहरीले यो घटनालाई गम्भीर अपराधका रूपमा लिएर अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ