• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday
स्वास्थ्य

कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता

२०८२ पुस २२ गते मङ्गलबार १०:०३
न्यूजगंज न्यूजगंज
कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न नीतिगत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

अस्पतालको ६४ औँ वार्षिकोत्सवमा मन्त्री शर्माले ९ सय शय्याको अत्याधुनिक स्वास्थ्य संस्थाको रुपमा विस्तार गर्न नीतिगत पहल गर्ने बताएकी हुन्।

उनले कान्ति बाल अस्पताललाई इन्स्टिच्युट अफ चाइल्ड हेल्थको रुपमा विकास गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको बताइन्।

अस्पताल भित्रका समस्याहरु आन्तरिक रुपमै समाधान गरी कुनै पनि गुनासो नआउने गरी काम गर्न मन्त्री शर्माले अस्पताललाई निर्देशन समेत दिएकी छिन्।

उनले नयाँ आयोजनाहरु तत्काल अगाडी बढाउन नसकिने भन्दै अस्पताल सञ्चालनमा देखिएका समस्या बारे भने छलफल गर्न सकिने र थोरै बजेटबाट समाधान हुने खालका समस्याहरुमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ