• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday
न्यूज

विदेशबाट पढ्न नेपाल आउने वातावरण बनाउनुपर्छ : मन्त्री थापा

२०८२ पुस २२ गते मङ्गलबार १०:३३
विदेशबाट पढ्न नेपाल आउने वातावरण बनाउनुपर्छ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले अध्ययनका लागि विदेश जाने मात्र नभई अब विदेशबाट अध्ययन गर्न नेपाल आउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

शनिबार पोखरामा आयोजित स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन्।

उनले नेपालको रमणीय प्राकृतिक वातावरण र सांस्कृतिक विविधताका कारण विदेशी विद्यार्थी आकर्षित हुन सक्ने सम्भावना रहेको भन्दै परामर्श केन्द्रहरूले ुस्टडी इन नेपालु अवधारणामा पनि काम गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्री थापाले युवालाई आत्मनिर्भर बनाउन रोजगारी सिर्जना आवश्यक रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकारले सीप विकास तालिम केन्द्रमार्फत १२ प्रकारका सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिएका छन्।

व्यवसायीका चुनौतीप्रति आफू जानकार रहेको बताउँदै उनले शैक्षिक परामर्श क्षेत्र लगायत सम्पूर्ण व्यवसायीको हकहित संरक्षणका लागि सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

विभिन्न नाममा सञ्चालित शैक्षिक परामर्श केन्द्रहरूलाई एकीकृत भई संस्थागत रूपमा अघि बढ्न समेत उनले सुझाव दिएका छन्।

कार्यक्रममा फेकनका केन्द्रीय अध्यक्ष उमेश कुशवारले शैक्षिक परामर्श केन्द्रको मुख्य उद्देश्य विद्यार्थीलाई मार्गदर्शन गर्ने भएकाले यसलाई म्यानपावर जस्तो व्यवहार नगर्न आग्रह गरेका छन्।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ