• २०८३ साउन १९ गते मङ्गलबार
  • 2026 Aug 04 Tuesday
खेलकुद

आईसीसीले बंगलादेश क्रिकेट बोर्डसँग छलफल गर्ने

२०८२ पुस २२ गते मङ्गलबार ११:१८
न्यूजगंज न्यूजगंज
आईसीसीले बंगलादेश क्रिकेट बोर्डसँग छलफल गर्ने

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आईसीसी २०२६ टी–२० विश्वकपका आफ्ना खेल भारतमा नखेल्ने अडान लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी र बीसीबीबीच छलफल हुने भएको छ।

भारतसँगको सम्बन्ध कमजोर बन्दै गएपछि बीसीबीले खेलाडीको सुरक्षालाई कारण देखाउँदै भारतमा खेल्न नजाने निर्णय लिएको थियो।

 

भारतीय समाचार संस्था क्रिकइन्फोका अनुसार आईसीसी र बीसीबीबीच फोन वार्ता तय भएको छ। आईसीसीले तय गरिएको तालिकाअनुसार भारतमै समूह चरणका खेल खेल्न बीसीबीलाई अनुरोध गर्ने तयारी गरेको छ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ। बंगलादेशले समूह ‘सी’ का पहिलो तीन खेल कोलकातामा फेब्रुअरी ७ वेस्ट इन्डिज, फेब्रुअरी ९ इटाली र फेब्रुअरी १४ इङ्ल्यान्डविरुद्ध खेल्ने तालिका छ। अन्तिम समूह खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालविरुद्ध तय गरिएको छ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ