• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday
खेलकुद

राँचीमा भएको डब्ल्युकेकेओ करातेमा नेपाललाई १५ पदक

२०८२ पुस २२ गते मङ्गलबार ११:३०
न्यूजगंज न्यूजगंज
राँचीमा भएको डब्ल्युकेकेओ करातेमा नेपाललाई १५ पदक

भारतको झारखण्ड राज्य स्थित राँची सहरमा भएको डब्ल्युकेकेओ अन्तराष्ट्रि फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप– २०२६ मा नेपाली खेलाडीले आठ स्वर्ण, तीन रजत र चार काँस्य गरी १५ वटा पदक जित्न सफल भएको छ ।

प्रतियोगितामा सहभागि क्योकुसिन सेईसिन कराते (डब्ल्युकेकेओ– नेपाल) का खेलाडीहरुले बिभिन्न तौल र उमेर समूहमा प्रतिस्प्रर्धा गरी १५ वटा पदक जित्न सफल भएको वल्ड क्योकुसिन काई कराते फेडरेसनका उपाध्यक्ष, नेपाल क्योकुसिन सेईसिन काइकान कराते संघका अध्यक्ष एवम् नेपाल ब्राञ्च चिफ शिहान अशोक कुमार श्रेष्ठले बताए ।

जनवरी ३ र ४ मा सम्पन्न प्रतियोगितामा ओपन वेटमा स्यानी सिंह, ६० केजी तौल समूहमा प्रबिन माझी, ५५ केजी तौल समूहमा भुपेन्द्र बहादुर ओली र बिन्दु चौधरी, १३–१४ बर्ष उमेर समूहमा निग्मल तमाङ, लेडिज ओपनमा मञ्जू विके, ५० केजी तौल समूहमा मनिता राई तथा १८ बर्ष मुनी उमेर समूहमा अञ्जिला श्रेष्ठले स्वर्ण पदक जितेका थिए ।

त्यसैगरी ओपन वेटमा बिकाश गुरुङ, ६० केजी तौल समूहमा बिष्णु थापा मगर तथा लेडिज ५० केजी तौल समूहमा निशा केसीले रजत पदक जितेका थिए भने ओपन वेटमा रबिन्द्र लोहार, ५० केजी तौल समूहमा अभय राउत, १३–१४ बर्ष उमेर समूहमा अनिशा गोले तथा ११–१२ बर्ष उमेर समूहमा प्रकृती लिगलले काँस्य पदक जितेका थिए ।

प्रतियोगितामा सहभागि हुन वल्ड क्योकुसिन काई कराते फेडरेसनका उपाध्यक्ष, नेपाल क्योकुसिन सेईसिन काइकान कराते संघका अध्यक्ष एवम् नेपाल ब्राञ्च चिफ शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा ३२ जना खेलाडीको टोली राँची सहर पुगेको थियो । प्रतियोगितामा १५ वटा पदक जित्न सकिएको र यसले नेपाली खेलाडिहरुको मनोवल बढेको श्रेष्ठले बताए ।

अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट मुख्य जुरीमा शिहान अशोक कुमार श्रेष्ठ, मुख्य रेफ्रीमा बद्री थापा तथा सहायक रेफ्रीमा सन्तोष गुप्ता, राजकुमार तमाङ, जयराम तमाङ, सम्पूर्ण महर्जन, छविलाल खड्का र अफिसियलमा राजन तमाङको सहभागिता रहेको थियो ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ