• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday
राजनीति

रास्वपा-उज्यालोबीच अझै कुरा मिल्न बाँकी, प्याकेजमा सहमति जुटाउने प्रयास

२०८२ पुस २३ गते बुधबार ०८:११
न्यूजगंज न्यूजगंज
रास्वपा-उज्यालोबीच अझै कुरा मिल्न बाँकी, प्याकेजमा सहमति जुटाउने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालबीच एकताको सहमति भए पनि पार्टीगत समायोजनमा ढिलाइ भएको छ । दुई पक्षबीच हिस्सेदारीका कुराहरू मिल्न बाँकी रहेको स्रोतले बतायो ।

रास्वपा र उज्यालो नेपालले गत पुस १५ गते एकताको सहमतिमा हस्ताक्षर गरेका थिए । उक्त सहमतिमा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङलाई पार्टीको उपसभापति बनाउने उल्लेख छ । तर, अहिलेसम्म उनी पार्टीको बैठकमा सहभागी भएका छैनन् र शपथ पनि खाएका छैनन् ।

रास्वपाले गत २० पुसमा बालेनको कोटाबाट २६ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्‍यो । उनीहरूमध्ये बालेनबाहेक सबैको शपथग्रहण भइसकेको छ । कुलमानजस्तै बालेन पनि अहिलेसम्म रास्वपाको बैठकमा गएका छैनन् र शपथग्रहण पनि गरेका छैनन् । बालेनले मेयरबाट राजीनामा दिएपश्चातमात्रै रास्वपामा आबद्ध हुने मनस्थिति बनाएको बुझिन्छ ।

यता, कुलमानको पार्टीका तर्फबाट भने अहिलेसम्म पनि केन्द्रीय समितिमा मनोनयन भएको छैन । केन्द्रीय समितिमा कति जना उज्यालो नेपालबाट थप्ने भन्नेमै दुई पक्षबीच विरोधाभास देखिन्छ । रास्वपाका नेताहरूले १२ जना केन्द्रीय सदस्य थप्ने निर्णय भएको बताइरहँदा उज्यालो नेपालका नेताहरू भने ठोस समझदारी हुन बाँकी नै रहेको बताउँछन् ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ