सांसदहरुले लिए सपथ
वीरगंज १२ चैत। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् ।
आज दिउँसो सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।
२०८२ चैत १२ गते बिहिबार ०३:४८