• २०८३ असार ५ गते शुक्रबार
  • 2026 Jun 19 Friday
न्यूज

चिसो बढेपछि वीरगंजका विद्यालयमा आजैदेखि विदा

२०८२ पुस २२ गते मङ्गलबार ०८:५८
न्यूजगंज न्यूजगंज
चिसो बढेपछि वीरगंजका विद्यालयमा आजैदेखि विदा

वीरगंज।

तराई–मधेश क्षेत्रमा चिसो बढ्दै गएपछि वीरगंज महानगरपालिकाले विद्यालयहरूमा तीन दिनका लागि जाडो बिदा दिएको छ।

चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले आज (सोमबार) देखि लागू हुने गरी बिदा दिने निर्णय गरेको हो।

महानगरपालिकाका अनुसार वर्षे सट्टे बिदाबाट कट्टा हुने गरी पुस ७ गतेदेखि पुस ९ गतेसम्म वीरगंज महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्।

साथै ११ पुसमा शैक्षिक क्यालेन्डरमै विदा लेखिएकोले १३ पुसदेखि विद्यालयहरू सञ्चालनमा आउने भनिएको छ ।

पछिल्लो एक साता यता तराई–मधेशमा चिसो ह्वात्तै बढेको छ। बिहान र साँझ बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेपछि जनजीवन प्रभावित भएको छ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालादारी मजदुरीमा निर्भर व्यक्तिहरूलाई चिसोले बढी असर पुर्‍याएको छ।

चिसो अझै केही दिन कायम रहने अनुमान गरिएकाले आवश्यक सावधानी अपनाउन स्थानीय निकाय र स्वास्थ्यकर्मीहरूले सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो पनि पढौँ