• २०८३ साउन १८ गते सोमबार
  • 2026 Aug 03 Monday
अपराध

प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकमाथि कुटपिट, दोषीमाथि कारबाही माग

२०८२ पुस २२ गते मङ्गलबार ०९:३२
न्यूजगंज न्यूजगंज
प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकमाथि कुटपिट, दोषीमाथि कारबाही माग

वीरगंज । प्रादेशिक अस्पताल मलंगवामा कार्यरत चिकित्सकमाथि कुटपिटको घटनाप्रति अस्पताल प्रशासनको गम्भीर आपत्ती जनाएको छ ।

मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य निर्देशनालयको मातहतमा रहेको यस अस्पतालमा कार्यरत एमडिजिपी डा. रोशन कुमार साहमाथि ड्युटीमा जाने क्रममा दुर्व्यवहार भएको थियो ।

मलंगवा-जनकपुर हुलाकी राजमार्ग अन्तर्गत भेल्ही चौकमा डा. साहमाथि गाडीमा गएका केहि अज्ञात व्यक्तिहरुले दुर्व्यवहार गर्दै हातपात गरेका अस्पताल प्रशासनले जनाएको छ ।

घटनापछि प्रादेशिक अस्पताल मलंगवाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ।

ताजा अपडेट

चिकित्सकमाथिको हिंसा: अराजक समाजतर्फको खतरनाक संकेत विद्यार्थी आन्दोलनको दबाबबीच भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा धनीलाई होइन, विकल्पविहीनलाई चाहिन्छ बलियो सरकार २४ औँ सत्याग्रहको तेस्रो दिन : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकारद्वारा संवादको पहल बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै बारा ४ का सांसद अन्सारीले लिए विद्यालय पोशाकमा सपथ सांसदहरुले लिए सपथ पोखराको पर्यटन उकास्न ​वीरगंजबाट सुरु भयो ‘जाउँ है पोखरा’ अभियान ५ करोड फिरौती माग्ने एक नाबालकसहित दुई पक्राउ सिरहा कारागारबाट भागेका ११ कैदीरबन्दी पक्राउ, भन्सार छलीका सामान र बन्दुक बरामद
  • यो पनि पढौँ