• २०८३ बैशाख १५ गते मङ्गलबार
  • 2026 Apr 28 Tuesday
अर्थ/वाणिज्य

सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो

२०८२ पुस २२ गते मङ्गलबार १०:४२
न्यूजगंज न्यूजगंज
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनि पढौँ