राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर वामदेव गौतमले
२४ माघ, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर वामदेव गौतमले ‘माननीय पद कहिले जाला जस्तो भएको’ बताएका छन् । गौतम राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य हुन् । २०७४ मा बर्दियाबाट प्रतिनिधि सभाको चुनाव हारेका गौतमलाई १ असोज २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।
त्यसबेला राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयनका लागि संविधानमा व्यवस्था गरिएको कोटामा प्रतिनिधि सभाको चुनाव हारेका व्यक्तिलाई लगिएको भनी आलोचना भएको थियो । उक्त आलोचनालाई वास्ता नगरी शपथ लिएका गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधनको वकालत गरिरहेका थिए ।
प्रतिनिधि सभाको चुनाव हारेपछि गौतमले प्रतिनिधि सभामै आउन जोडबल गरेका थिए । काठमाडौं–७ बाट उपचुनाव लडेर प्रतिनिधि सभा सदस्य बन्ने उनको योजना थियो । त्यसका लागि त्यहाँबाट निर्वाचित रामवीर मानन्धरलाई मनाउन सफल भए ।
मानन्धरले पत्रकार सम्मेलन गरेर गौतमका लागि छाड्न तयार भएको बताए । तर, जनविरोधका कारण सफल हुन सकेनन् । हेलिकप्टर दुर्घटनामा परी रवीन्द्र अधिकारीको मृत्यु भएपछि खाली भएको कास्की–२ बाट गौतमले चुनाव लड्न खोजे ।
तर, कतैबाट पनि प्रतिनिधि सभामा छिर्न सकेनन् । त्यसपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जोडबलमा राष्ट्रिय सभा सदस्यमा मनोनित भए । त्यसपछि आफू प्रधानमन्त्रीको दौडमा रहेको भनी उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधनका लागि प्रयास गरे ।
संविधानतः राष्ट्रिय सभा सदस्य उपप्रधानमन्त्रीसम्म हुनसक्छन्, प्रधानमन्त्री हुन प्रतिनिधि सभा सदस्य नै हुनुपर्छ । तर, प्रधानमन्त्रीको आकांक्षा राख्दै राष्ट्रिय सभा पुगेका गौतमले त्यसका लागि प्रयास गरे पनि सफल नभएपछि निराश भएका हुन् ।
राष्ट्रिय सभा सचिवालयका अनुसार बुधबार बोल्छु भनी उनले समय मागेका थिए । कार्यव्यवस्था परामर्श समितिको सुझाव समेतका आधारमा संसद सचिवालयले बामदेव गौतमलाई पाँच मिनेट समय तय गरेको थियो ।
बुधबार रोष्ट्रममा बोल्न पुगेका गौतमले राष्ट्रिय सभा सदस्य पदलाई ‘अपमानित पद’को संज्ञा दिए । ‘अहिलेको आर्थिक सम्बन्धमा मात्रै म भन्न चाहन्छु । किनभने, पाँच मिनेटमा मैले बोल्नुपर्छ र यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भन्ने पनि मलाई लाग्छ’, गौतमले भने ।
राष्ट्रिय सभा बैठक सकिएपछि अनलाइनखबरसँगको कुराकानीमा सांसद गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य पद साँच्चै अपमानित पद महसुस भएको बताए ।
‘राष्ट्रिय सभामा मनोनित सांसदलाई बोल्न पाँच मिनेट दिइन्छ । पार्टीका लागि जति समय पनि दिइन्न’ उनले अनलाइनखबरसँग भने, ‘पाँच मिनेटमा म विचार व्यक्त गर्न नै सक्दिनँ । यो एउटा कारण हो जसले अपमानित महसुस गराउँछ ।’

उनी भन्छन्, ‘प्रतिनिधि सभालाई भन्दा राष्ट्रिय सभालाई विभेद छ । प्रतिनिधि सभाका प्रधानमन्त्री बन्न पाउँछन् । राष्ट्रिय सभाका प्रधानमन्त्री बन्न पाउँदैनन् । सरकार बनाउन पनि राष्ट्रिय सभाको भूमिका हुन्न । राष्ट्रिय सभा पूरै उपेक्षित छ ।’
आफू राष्ट्रिय सभामा मन नहुँदा नहुँदै बसिरहेको उनको भनाइ छ । ‘यस्तो सभा (राष्ट्रिय सभा)मा मन नहुँदा नहुँदै बस्नुपरेको छ । यो कुरा मैले अन्यत्र पनि भन्ने गरेको छु । आज सदनमा भनेको त्यही हो’, गौतमले अनलाइनखबरसँग भने ।

सांसद गौतम भन्छन्, ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ । दुवै सदन बराबर अधिकार भएको संस्था बनाऔं भन्ने विचार थियो । सफल/असफल हुनु आफ्नो ठाउँमा छ तर, यस्तो विचार (राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था) मा म अहिले पनि अडिग छु ।’
तपाईं आफैं संविधान सभामा हुनुहुन्थ्यो । संविधान बनाउँदा किन ख्याल गर्नुभएन भन्ने प्रश्न भने उनले पन्छाए । संविधान बनाउन भूमिका खेलेको र राम्रो संविधान बनाएको उनको दाबी छ ।
उनी भन्छन्, ‘प्रतिनिधि सभालाई भन्दा राष्ट्रिय सभालाई विभेद छ । प्रतिनिधि सभाका प्रधानमन्त्री बन्न पाउँछन् । राष्ट्रिय सभाका प्रधानमन्त्री बन्न पाउँदैनन् । सरकार बनाउन पनि राष्ट्रिय सभाको भूमिका हुन्न । राष्ट्रिय सभा पूरै उपेक्षित छ ।’
आफू राष्ट्रिय सभामा मन नहुँदा नहुँदै बसिरहेको उनको भनाइ छ । ‘यस्तो सभा (राष्ट्रिय सभा)मा मन नहुँदा नहुँदै बस्नुपरेको छ । यो कुरा मैले अन्यत्र पनि भन्ने गरेको छु । आज सदनमा भनेको त्यही हो’, गौतमले अनलाइनखबरसँग भने ।
| one | two | three |
| Name | cast | vote |
| parent name | cast | vote |