काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले अध्ययनका लागि विदेश जाने मात्र नभई अब विदेशबाट अध्ययन गर्न नेपाल आउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता...
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको'अस्थायी दर्ता'को व्यवस्थालाई पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। काउन्सिलको हालै बसेको पूर्ण बैठकले नियमावली संशोधन गरेर यो व्यवस्था हटाउने...
जनकपुर। धनुषा प्रहरीले धार्मिक हिंसा भडकाउने तीनजनालाइ पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत हिन्दु समुदाय लक्षित नकारात्मक सन्देश पोस्ट गर्ने दुइजना मुस्लिम युवक र मस्जिदमा तोडफोडसहित...
वीरगंज । प्रादेशिक अस्पताल मलंगवामा कार्यरत चिकित्सकमाथि कुटपिटको घटनाप्रति अस्पताल प्रशासनको गम्भीर आपत्ती जनाएको छ । मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य निर्देशनालयको मातहतमा रहेको...